धरानमा कोरोना संक्रमित सुत्केरी किशोरीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, २९ कार्तिक

धरान, २८ कार्तिक । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप १९ वर्षीया संक्रमित एक किशोरीको मृत्यु भएको छ । सनुसरीको बराहक्षेत्र नगरपालिका–५ की किशोरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रबार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो । शुक्रबार नै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ९८ पुगेको छ ।

प्रतिक्रिया