भारतको आग्रामा दुर्घटना, तीन नेपालीको मृत्यु, पाँच घाइते
अखबार टुडे
प्रकाशित:
२०७७, २७ कार्तिक

आग्रा, (भारत) २७ कार्तिक । भारतको आग्रामा कार दुर्घटनामा हुँदा तीन नेपालीको मृत्यु भएको छ । बिहीबार भएको सो दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
दिल्लीबाट सुनौली हुँदै नेपाल घर फर्किन लागेका नेपाली दुर्घटनामा परेको बताइएको छ । मृत्यु हुनेमा २ जना पुरुष बाग्लुङ र एक जना महिला जनकपुरको रहेको जनाइएको छ । मृत्यु हुनेमा बाग्लुङका श्यामकुमार घर्ती र बिवश पुन मगर रहेको स्थानीय प्रहरीले जनाएको छ । यस्तै, जनकपुरकी लक्ष्मी शर्माको पनि दुर्घटनामा ज्यान गएको छ ।
घाइतेहरुलाई दिल्लीको एआइआइएम् अस्पतालमा भर्ना गरिएको छ । आग्राबाट आउँदै गरेको कार ट्रकसँग ठोकिएर दुर्घटना भएको हो ।

प्रतिक्रिया