एमएमएसले ल्यायो ‘यम बुद्ध’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, २६ कार्तिक

काठमाडौं, २६ कार्तिक । -यापर यम बुद्धलाई स्मरण गराउने एउटा गीत सार्वजनिक भएको छ । ‘यम बुद्ध’ बोलको उक्त -याप गीतमा स्वर इल्लिक तामाङ र अजय कार्की रहेको छ । इल्लिक तामाङ सम्भवतः नेपालको पहिलो -यापर गायिका हुन् । यसअघि पनि उनका केही -याप गीत आइसकेका छन् ।
मंगलबार सार्वजनिक गीतमा चर्चित -यापर यम बुद्धले अल्पआयुमै ज्यान गुमाएको पीडा एवं पश्चातापलाई स्मरण गरिएको छ । -याप संगीतमार्फत युवा ढुकढुकी बनेका यम बुद्धले केही वर्षअघि बेलायतमा निधन भएको थियो ।
सार्वजनिक ‘यम बुद्ध’मा -यापर इल्लिक र गीतकार दर्पण राईको संयुक्त शब्दरचना रहेको छ । मोडल तथा गीतकार दर्पणको हालैमात्र आधुनिक गीत ‘माया यस्तो’ सार्वजनिक भएको थियो । उक्त गीतले चर्चा पाइरहेकै बेला एमएमएस इन्टरटेनमेन्टले ‘यम बुद्ध’ सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतको भिडियोलाई प्रशन्न रिमालले निर्देशन गरेका हुन् भने सम्पादन प्रेम शर्मा पौडेलले गरेका हुन् । साथै, भिडियोमा छायाँकन केशव अधिकारीको रहेको छ ।

प्रतिक्रिया