ओरालो लाग्यो सुनको मूल्य
प्रकाशित:
२०७७, २५ कार्तिक

काठमाडौं, २५ कार्तिक । सुनको मूल्य ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्दा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनमा प्रतितोला रु तीन हजार ४०० ले ओरालो लागेको छ ।
सोमबार प्रतितोला रु ९८ हजार २०० मा कारोवार भएको छापावाल सुन आज रु ९४ हजार ८०० मा कारोवार भएको छ । महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु तीन हजार ४०० ले घटेको छ । सोमबार प्रतितोला रु ९७ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला रु ७० ले घटेर रु एक हजार २१५ मा कारोवार भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला रु एक हजार २८५ कारोवार भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त