भुवनले बिहेको खबर थाहा पाए, उनी रुदै छिन् रे ?
अखबार टुडे
प्रकाशित:
२०७७, २५ कार्तिक

काठमाडौं, २५ कार्तिक । गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईले आफ्नो पछिल्लो एल्बम ‘सम्मान मेरो’को एउटा गीत यु–ट्युबमा सार्वजनिक गरेका छन् ।
केही वर्षयता अमेरिकामा बस्दै आएका गायक भुवनले ‘तिम्रो बिहेको खबर थाहा पाएँ’ बोलको गीतलाई लिरिकल भिडियोमा ल्याएका हुन् । जुन गीतमा भुवनकै संगीत तथा स्वर रहेको छ । यो गीतको लिरिकललाई भिडियोलाई उनले आफ्नै अफिसियल यु–ट्युब च्यानल ‘भुवन सुप्तिहाङ राई’मार्फत सार्वजनिक गरेका हुन् । यस गीतमा शब्द रचना प्रेम सुब्बा चेम्जोङको रहेको छ ।
नेपाली सुगम संगीतका लागि चर्चित गायक भुवन पछिल्लो समय गायनमा भन्दा बढी संगीत सिर्जनालाई प्राथमिकता दिँदै आएका छन् । अमेरिका जस्तो व्यस्त देशमा रहेर पनि भुवनलाई नेपाली गीतसंगीतलाई निरन्तरता दिँदै आएका छन् । उनी भन्छन्, ‘जहाँ पुगेपनि मेरो गीतसंगीतप्रतिको लगाव टुट्दैन । मेरो संगीतसँग प्रेम बसेको छ ।’

प्रतिक्रिया