काबुलमा बिस्फोट : एक पत्रकारसहित तीनको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, २२ कार्तिक

काबुल, २२ कार्तिक (एजेन्सी) । काबुलमा शनिबार भएको विष्फोटमा परी एक पत्रकारसहित तीन व्यक्तिको मृत्यु भएको प्रहरीलाई उद्धृत गरी अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले उल्लेख गरेको छ ।
सरकारले विद्रोही तालिवान समूहले गराएको हुनसक्ने बताएको छ । दावी गरिएको उक्त आक्रमणमा पत्रकार यम सियावाससहितको मृत्यु भएको छ । समाचार तयार पार्दासम्म आक्रमणको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन ।

पत्रकार तथा अन्य दुई व्यक्तिलाई लक्षित गरी गराइएको विस्फोट स्थानीय स्तरमा नै निर्माण गरिएको वम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया