बादलको संगीतमा ‘विषम परिस्थिति’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७७, २२ कार्तिक

काठमाडौं, २३ कार्तिक । उदयपुरे गीतकार मेनुका कालिकोटेको शब्द र बादल सेवाको संगीतमा ‘विषम परिस्थिति’ बोलको गीत आएको छ । जुन गीत अहिले दर्शक÷श्रोतामाझ चर्चित बन्दै गएको छ ।
हालै बजारमा आएको यस गीतमा संगीतकार स्वयंम् बादल सेवा छन् भने ‘नेपाल आइडल’का रनरअप प्रविन बेडवाल, रोशनी परियार, लक्ष्मी स्याङ्तान, अभिषेक बराइली, रोबिन थिङ, दिपक सापकोटा, राजन कार्की र एन्जल परियारले स्वर दिएका छन् ।
यस गीतका एरेन्जर राजन कार्की हुन् भने म्युजिक भिडियोलाई कृष्ण धनुकले निर्देशन गरेका हन् । गीतमा सम्पादन प्रसुन्न मिन शाक्यले गरेका छन् । यो गीत वर्तमान देशको विषम परिस्थितिसँग मिल्दोजुल्दो रहेको संगीतकार बादल सेवाले बताए । गायक तथा संगीतकार बादल सेवा चौदण्डीगढी नगरपालिकाका स्थानीय कलाकार हुन् । उनले २०७३ सालमा देशव्यापी एकल गायन खुल्ला प्रतिष्पर्धा नामक रियलिटी सोमा फस्ट रनरअप हुँदै बेस्ट रेकर्डिङ भ्वाइसको उपाधी जित्न सफल भएका थिए ।

प्रतिक्रिया