कोरोना अपडेट : शुक्रबार थप १८ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, २१ कार्तिक

काठमाडौं, २१ कार्तिक । शुक्रबार काठमाडौँ उपत्यकामा १३ सय ३८ जनासहित नेपालमा २९०९ मा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ हजार ९०५ जना कोरोनाका सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार आइसोलेसनमा ३४ हजार ९०५ जना छन् भने क्वारेन्टाइनमा १२ सय ५४ जना रहेका छन् ।
शुक्रबार ४५ सय जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । यस्तै, शुक्रबार १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट १ हजार ७० जनाको ज्यान गएको छ ।
शुक्रबार उपत्यकामा थपिएका संक्रमितमध्ये ५७० महिला र ७६८ जना पुरुष छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना गरी उपत्यकामा कुल १ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया