नेपाल अपडेड : झण्डै १ लाख ८६ हजार संक्रमित, मृत्यु हनेको संख्या १ हजार ५२
अखबार टुडे
प्रकाशित:
२०७७, २० कार्तिक

काठमाडौं, २० कार्तिक । बिहीबार काठमाडौं उपत्यकामा १३ सय ९८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ६०१ महिला र ७९७ पुरुष रहेका छन् ।
मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबारसम्ममा काठमाडौंमा १६ हजार ३३१ भक्तपुरमा १२ सय ४८ र ललितपुरमा २२ सय ७६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । हालसम्म कोरोनाबाट काठमाडौंमा २५९, भक्तपुरमा ६९ र ललितपुरमा ६५ जनाको मृत्यु भएको छ ।
बिहीबार काठमाडौं उपत्यकासहित ३ हजार ५१ जनामा संक्रमण देखिएको छ । यससँगै नेपालमा संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । उनका अनुसार ३६ हजार ५१४ कोरोनाका सक्रिय संक्रमित छन् ।
यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ३६ हजार ५१४ जना छन् भने क्वारेन्टाइनमा १२ सय ३२ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ६८ नमूनाको पीसीआर परीक्षण भएको छ ।

बिहीबार ३४ सय ३० जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । आइसीयूमा ४२८ जनाको र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा कोरोनाबाट १ हजार ५२ जनाको मृत्यु भएको छ । बिहीबारमात्रै १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

प्रतिक्रिया