निलम र राजेशपायलको बेलायतमा बन्यो ‘पूर्वै सहर’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७७, १९ कार्तिक

काठमाडौं, १९ कार्तिक । संगीतकार तथा गायिका निलम रोजु राईको नयाँ गीत ‘पूर्वै सहर’ सार्वजनिक भएको छ । बुधबार सार्वजनिक गरिएको यस गीतमा निलमसँगै लोकप्रिय गायक राजेशपायल राईको स्वर रहेको छ ।
प्रायः संगीत सिर्जनामै आफूलाई व्यस्त बनाउँदै आएकी निलमले कम मात्र गाउने गरेकी छन् । उनले गाएको यो पछिल्लो गीत हो । आलोक चाम्लिङ राईको शब्द र निलमकै संगीत रहेको ‘पूर्वै सहर’मा सन्तोष राई र सलिना थापा मगरले अनस्क्रिन रोमान्स गरेका छन् ।
यस गीतको गीतको भिडियोलाई बेलायतमा छायाँकन गरिएको हो । शान्तकुमार राईले निर्देशन गरेको यस भिडियोका लागि कोरियोग्राफी सारु रानाले गरेकी छन् । भिडियोमा समुद्री तटसँगै नेपाली गाउँठाउँकै झल्को दिने रमणीय दृश्यहरु समेत समेटिएको छ ।

प्रतिक्रिया