बुधबार थपिए ३३ सय ९ जना नयाँ संक्रमित, ३० जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, १९ कार्तिक

काठमाडौं, १९ कार्तिक । बुधबार नेपालमा तीन हजार ३ सय ९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३८ सय ४४ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना जित्नेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ३६ हजार ९११ रहेका छन् ।
यस्तै, मृत्युदर पनि बढ्दै गएको छ । बुधबार कोरोनाबाट ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १३ हजार १४४ पीसीआर परीक्षण भएको थियो । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४ घण्टामा १५ सय ७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरेर १८ सय ७८ रहेको छ ।

प्रतिक्रिया