अर्थतन्त्र

सन् २०२० मा श्रीलंकाको कूल गार्हस्थ उत्पादनमा १.७ प्रतिशत संकुचनको प्रक्षेपण

कोलोम्बो, १६ कार्तिक । श्रीलंकाको केन्द्रीय बैंक (सीबीएसएल) ले राज्यको कूल गार्हस्थ उत्पादनमा १.७ प्रतिशतले संकुचन आउने प्रक्षेपण आइतबार गरेको छ ।
सीबीएसएलले सन् २०२० का पछिल्ला आर्थिक विकासक्रमलाई प्रकाश पार्दै सन् २०२१ को आर्थिक सम्भावनालाई प्रस्तुत गरेको हो । उक्त प्रक्षेपणले सन् २०२० को कूल गार्हस्थ उत्पादनमा १.७ प्रतिशतको सङ्कुचन आउने तर यो सन् २०२० सम्ममा पाँच प्रतिशतले बढ्ने बताएको छ ।
कोभिड–१९ का कारण थला परेको अर्थतन्त्रलाई ठूलो मात्रामा आर्थिक सुधारका लागि नीतिगत तथा मौद्रिक खुलापनका साथै सुविधाजन्य ऋण तथा धितो कार्यक्रमले उकास्ने केन्द्रीय बैंकले बताएको छ ।
प्रतिकूल अनुमानबीचमा सरकारले आफ्ना सबै सेवा दायित्वहरू पूरा गरेको छ जसमा अक्टोबर २०२० को शुरुमा परिपक्व अन्तर्राष्ट्रिय सार्वभौम बन्धन (आईएसबी) को मिलावट समावेश छ ।

‘स्थानीय र विश्वव्यापी रूपमा कोभिड–१९ नियन्त्रण गर्न लिएको सफलताको गति र आन्तरिक आर्थिक सुधारको परिमाण र आगामी अवधिमा पुनरुद्धार निर्धारण गर्न महत्वपूर्ण रहेको छ’ सीबीएसएलले जनाएको छ ।

Click to comment
To Top