जीवनशैली

माया यस्तो बनोस् : रिलिज हुनअघि प्राप्त Exclusive तस्बिरहरु

काठमाडौं, १६ कार्तिक । पछिल्लो समय म्युजिक भिडियोहरु फिल्मीशैलीमा निर्माण हुन थालेका छन् । त्यतिमात्रै होइन, फिल्म निर्देशकहरु नै म्युजिक भिडियो निर्देशनमा व्यस्त हुन थालेका छन् । सायद, यो समयको माग पनि हो ।

यस्तै, फिल्म निर्देशक मिलन चाम्सले पछिल्लो समय एक म्युजिक भिडियो निर्देशन गरेका छन् । जुन भिडियो निर्देशकका लागि मात्र नभएर गीतकार, गायक/गायिका र मोडलका लागि समेत महत्वकांक्षी मानिएको छ । भिडियोमा गीतकारसमेत रहेका दर्पण राई र प्रशंसा रायमाझी फिचर्ड छन् ।

गीतको बोल ‘माया यस्तो बनोस् हाम्रो’ । यस गीतको हालै भिडियो छायाँकन सम्पन्न भई रिलिजको तयारीमा छ अर्थात सोमबार यस गीतको भिडियो डिलिटल प्लेटफर्म यु–ट्युब च्यानलबाट सार्वजनिक हुँदैछ ।

यस गीतबाट गीतकार तथा मोडल दर्पण राई मात्र होइन, गायिका सम्झना राई र मोडल प्रशंसा रायमाझीमा लागि पनि विशेष छ अर्थात गीतको बोलजस्तै ‘माया यस्तो बनोस् हाम्रो’ भन्न चाहन्छन् यो गीत तथा भिडियोको टिम । यस गीतबाट दर्पणले गीतकारको साखः बचाउनु त छ नै, अर्को कुरा मोडलिङ करिअरमा समेत इँटा थप्ने अपेक्षा उनको छ । ‘तिम्ले बाटो फेरेउ अरे’जस्ता बहुचर्चित गीतका गीतकार दर्पणले भने, ‘मैले पछिल्लो समय आशा गरेको गीत हो यो ।’

यस्तै, मोडलसमेत रहेकी गायिका सम्झनाको लागि यो गीत एउटा ‘टर्निङ प्वाइन्ट’ बन्न सक्छ । गीत फिल्मीशैलीको छ । जसले गर्दा यो गीत हिट भएमा सम्झनाका लागि पाश्र्वगायनमा समेत बाटो खुल्नेछ । अरु बाँकी भिडियोले निर्धारण गर्नेछ । निर्माण पक्षका अनुसार भिडियो फिल्मीशैलीमै बनाइएको छ । यस गीतमा सम्झनासँगै विक्रम राईको पनि स्वर रहेको छ । अजय कार्कीले संगीत गरेको यस गीतको भिडियोलाई सिनेमाटोग्राफर राम केसीले खिचेका हुन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top