एकैदिन उपत्यकामा थपिए १८ सय ८८ संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७७, १४ कार्तिक

काठमाडौँ, १४ कार्तिक । काठमाडौं उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १५ सय ८ जना, भक्तपुरमा १ सय ३१ जना र ललितपुरमा २ सय २९ जना गरी १८ सय ८८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । जसमध्ये ७ सय ८१ जना महिला र ११ सय ७ जना पुरूष रहेका छन् ।
काठमाडौंमा १० हजार ५ सय १ जना, भक्तपुरमा १७ सय १९ जना र ललितपुरमा २ हजार १ सय ६५ जना होम आइसोलेसनमा रहको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनामुक्त भएर ४ हजार ९६ घर फर्किएका छन् ।

प्रतिक्रिया