चर्च भवन भत्किँदा २२ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, ८ कार्तिक

अबुजा, ८ कात्तिक (एएनआई) । चर्च रहेको भवन भत्किँदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । देशको पूर्वी क्षेत्रमा भएको घटनामा परी अरु कैयौँ घाइते समेत भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
भत्कीएको भवन छ तले रहेको थियो । घटनास्थलबाट २२ जनाको शव निकालिएको छ । शुरुमा १८ जनाको मात्रै मृत्यु भएको भनिएकोमा चार जनाको शव पछि भेटिएको थियो । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरुको संख्या अझै धेरै हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् । घटना भएका बेला घटनास्थलमा ६० जना रहेको समाचार स्थानीय सञ्चार माध्यमहरुले संप्रेषण गरेका छन् ।

प्रतिक्रिया