तलेजुमा बलिरहित पूजा : लगिएन दशैँघर
अखबार टुडे
प्रकाशित:
२०७७, ७ कार्तिक

भक्तपुर, ७ कार्तिक । यहाँस्थित तलेजु मन्दिरमा आज बलिरहित पूजा गरिएको छ । हरेक वर्ष बडादशैँको फूलपातीको दिन तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिएपनि यस वर्ष भने बलि नदिई पूजा गरिएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उनले जानकारी दिए । गुठी संस्थानका खर्चमा हुने वर्षौँदेखि चल्दै आएको बलि दिने परम्परा यस वर्ष कोरोना भाइरस संक्रमणका कारण रोकिएको हो । तलेजुलाई मूल चोकको दशँैघरमा विराजमान गराउने वर्षौँदेखिको परम्परासमेत रोकिएको छ । यस वर्ष तलेजुलाई मूल घरबाट बडादशैँ घर नलगिएको मूल नाइके जोशीले जानकारी दिए ।
त्यसैगरी यस वर्ष कुमारीलाई क्वाठण्डाँैंस्थित कुमारीघरमै राखिएको छ । कुमारीलाई फूलपातीको दिनदेखि तलेजुमा राख्ने परम्परा भए पनि यस वर्ष भने ल्याइएको छैन । यस वर्ष कुमारी जीविका बज्राचार्यलाई क्वाठण्डौँमा नै राखेर पूजा गरिएको छ ।

प्रतिक्रिया