युएईमै बन्यो बिजयलक्ष्मीको यस्तो ‘समर्पण’ भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, ५ कार्तिक

काठमाडौं, ५ कार्तिक । लामो समयदेखि युएईमा बस्दै आएकी आरजे तथा मोडल विजयलक्ष्मी राई नयाँ भिडियोमा देखिएकी छन् । समाजिक कार्यमा समेत सक्रिय बिजयलक्ष्मी अभिनीत ‘समर्पण’ बोलको गीतको भिडियो देखिएकी हुन् । जुन भिडियो हालै सर्वजनिक भएको छ ।


गायिका कला राईको ‘लुक्स’ एल्बममा समावेश उक्त गीतको भिडियोमा युवापुस्तामा देखिएको सकारात्मक र नकारात्मक दुवै पाटोलाई चित्रण गरिएको छ । लोक फ्लेवर यस गीतको भिडियोमा बिजयलक्ष्मीसँग मोडल तथा डान्सर भुवन थापा मगरले अनस्क्रिन रोमान्स गरेका छन् ।
लण्डनमा बस्दै आएका मुकेश राईको शब्दरचना रहेको उक्त गीतमा सुनिल गिरिको संगीत रहेको छ । तिलक साम्पङ किराँतीले निर्देशन गरेको यस भिडियोमा एउटा सत्य प्रेमभावलाई उतार्ने प्रयास गरिएको छ । युएई र ओमनको बोर्डर आसपास छायाँकन गरिएको भिडियोमा निरोज लामा र भेष बन्दु ढकालको छायाँकन र निरोज लामाले सम्पादन गरेका छन् ।

प्रतिक्रिया