धरानमा थप दुई संक्रमितको मृत्यु, बिपी प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ६१ पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७७, १ कार्तिक

धरान, १ कार्तिक । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार थप दुई जना संक्रमितको मृत्यु भएको छ । झापा, शिवगढी–११ का ५७ वर्षीय र सुनसरी, धरान –१५ का ६५ वर्षीय पुरुषको आधा घण्टाका फरकमा मृत्यु भएको हो ।
सुनसरीका पुरुषको बिहान ७ः१५ र झापाका पुरुषको ७ः४६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिनुभयो । झापाका बिरामीलाई शनिबार मात्र प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याइएको थियो । माइस्थेनाग्राभिजका बिरामी उनलाई अस्पताल ल्याइएको केही समयमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
सुनसरीका बिरामीलाई गत असोज २८ गते कोभिड भई २९ गते अस्पताल भर्ना गरिएको थियो । उनको पेटको समस्या भई भरखर शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।

प्रतिक्रिया