भारतमा अझै झण्डै ८ लाख सक्रिय संक्रमित, एकैदिन थपिए ६५ हजार
अखबार टुडे
प्रकाशित:
२०७७, १ कार्तिक

नयाँदिल्ली, १ कात्तिक । भारतमा अझै सक्रिय संक्रमित अवस्थामै आठ लाखको हाराहारीमा छन् । पहिला पहिला नौ, दश लाख संक्रमित रहने गरेकोमा अहिले घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता संक्रमित अवस्थामै रहेकाहरुको यो संख्या अहिलेसम्मकै कम हो । भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या पछिल्लो समयमा लगातार बढ्दै गएकोमा अहिले आठ लाखभन्दा कम भएको हो, मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।

मन्त्रालयका अनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या सात लाख ९५ हजार ५३ रहेको छ ।ती मध्ये ६६ हजार भन्दा बढी पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका हुन् । योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या ७४ लाख ३२ हजार ६८१ पुगेको छ ।
भारतमा कोरोनाका कारण अहिलेसम्म कुल एक लाख १२ हजार ९९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ८३७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । कोरोनाबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरुको संख्या भने भारतमा अहिलेसम्म ६५ लाख २४ हजार ५९५ रहेको छ ।

प्रतिक्रिया