प्रदेश-१ : थप ६५४ जनामा कोराना संक्रमण, ९ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, ३० आश्विन

मोरङ, ३० असोज । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र ते¥हथुमका दुई÷दुई जना रहेका छन् । योसँगै यो प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा गरिएको एक हजार ६४६ जनाको पिसीआर परीक्षणमा २४१ महिला र ४१३ पुरुष गरी कूल ६५४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । यसरी कोरोना सङ्क्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका २२५ सहित ३२६, सुनसरीका २०९, झापाका ७४, संखुवासभाका नौ, उदयपुरका चार, भोजपुर, ते¥हथुम, इलाम र ताप्लेजुङका दुई÷दुई जना तथा प्रदेश बाहिरका २४ जना रहेको मन्त्रालयले जनाएको छ ।
यो प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३२६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या पाँच हजार ३३९ पुगेको छ । अहिलेसम्म एक लाख ४२ हजार ५२३ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया