साढे ३६ हजारबढी सक्रिय संक्रमित, एकैदिन ३५६४ जना डिस्चार्ड
अखबार टुडे
प्रकाशित:
२०७७, २९ आश्विन

काठमाडौं, २९ असोज । बिहीबार नेपालमा थप तीन हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा तीन हजार ५६४ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ । बिहीबार १६ हजार ५९८ पिसिआर परीक्षण गरिएको छ ।
यसैगरी काठमाडौँमा एक हजार ६९३, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी काठमाडौँ उपत्यकामा आज एक हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।
मुलुकभर संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना र होम आइसोलेसनमा २४ हजार १९४ जना रहेको मन्त्रालयले जनाएको छ । साथै मुलुकभर विभिन्न क्वारेन्टिनमा चार हजार ८२५ जना रहनुभएको छ । कोरोना संक्रमित मध्ये ६८ जनाको भेन्टिलेटरमा र ३१४ जनाको आइसियुमा उपचार भइरहेको उहाँले जानकारी दिए । यस्तै, बिहीबारमात्रै कोरोनाबाट थप १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा हालसम्म कोरोनाबाट ६९४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया