धरानमा कोरोनाबाट थप चार जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, २९ आश्विन

धरान, २९ असोज । कोरोना संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । सुनसरीको इटहरी उपमहानगरकी ७५ वर्षीया महिला र तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान र धरान उपमहानगरपालिका ९ का ४४ वर्षीया महिलाको बुधबार राति उपचारका क्रममा मृत्यु भएको बीपी प्रतिष्ठान धरानका सहायक प्रबक्ता डा. आषिश श्रेष्ठले बताए ।
त्यस्तै धरान–९ का ५८ वर्षीय पुरुषलाई प्रतिष्ठानले भर्ना लिन अस्वीकार गरेपछि प्रतिष्ठानको कोभिड अस्पताल बाहिर मृत्यु भएको छ । पटक पटक संक्रमित पुरुषलाई भर्ना गर्न अनुरोध गर्दा समेत प्रतिष्ठानका चिकित्सकले ती पुरुषलाई भर्ना नगरिदिएको धरान–९ का वडाअध्यक्ष रत्न कट्वालले बताएका छन् । संक्रमित बिरामीलाई भर्ना नगर्ने चिकित्सकलाई कडा कारबाही गर्न सरकारसँग उनले माग गरेका छन् ।

प्रतिक्रिया