२४ घण्टामा उपत्यकामा थपिए २१ सय २९ संक्रमित, मृत्यु हुनेको संख्या ६६३ पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७७, २७ आश्विन

काठमाडौं, २७ असोज । नेपालमा मंत्रगलबार काठमाडौं उपत्यकामा २१ सय २९ सहित ३५ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका योसँगै नेपालमा संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र २१ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १७ सय ४६ जना रहेका छन् । डा.गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ ।
हाल संस्थागत आइसोलेशनमा १५ हजार ४८ जना रहेका छन् भने होम आइसोलेशनमा २० हजार आठ सय ६७ जना छन् । यस्तै क्वारेन्टाइनमा चार हजार ७९५ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले आईसीयूमा ३०७ र भेन्टिलेटरमा ६६ जना बिरामी रहेका छन् ।
मंगलबार १५०३ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म नेपालमा कोरोना जित्नेको संख्या ७८ हजार ७८० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ६६३ पुगेको छ ।

प्रतिक्रिया