बक्स अफिसको साईकलिङ
अखबार टुडे
प्रकाशित:
२०७७, २७ आश्विन

काठमाडौं २७ असोज । फिल्म एवार्ड, म्यूजिक अवार्ड गर्दै आएको बक्स अफिस इन्टरनेशनल ग्रुपले नेपाली चलचित्रका कलाकारलाई समेटेर बृहत साइकल ¥याली आयोजना गरेको छ ।
काठमाडौँ क्षेत्र नं. ४ का संसद दिपक निरौलाको अतिथ्यतामा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम, निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सामुहिकरुपमा आयोजकलाई राष्ट्रिय झण्डा प्रदान गरी भद्रकाली मन्दिरबाट साइकल ¥याली सुरु गरिएको थियो । बाह्रौँ नेशनल बक्स अफिस फिल्म अवार्ड भव्य रुपमा सफल पारौँ, साईकल चढौँ, प्रदुषण हटाऔँ, कोरोनाले थलापरेको नेपाली चलचित्र, गीतसंगीत र आन्तरिक पर्यटनलाई बचाऔँ भन्ने नारासहित आयोजना गरिएको ¥याली भद्रकालीदेखि कागेश्वरी पार्क पुगेको थियो । साइकल यात्रामा करिब ४०० सहभागिता थिए ।
बक्स अफिस सुन्दरीजल शाखाले सम्पूर्ण व्यवस्थापन गरेको उक्त कार्यक्रममा विभिन्न चलचित्रकर्मी, निर्माता निर्देशक, प्राविधिक र आम साईकल प्रेमिहरुको उत्साहजनक सहभागिता रहेको बक्स अफिसका अध्यक्ष रामबहादुर सुवेदी बताए । सो अवसरमा सहभागी साईकलयात्री तथा चलचित्रकर्मीहरुलाई कागेश्वरी मनहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरी थापाले प्रमाणपत्र वितरण तथा सम्मान गरेका थिए ।

प्रतिक्रिया