थिरजको यस्तो बन्यो ‘दासी’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, २५ आश्विन

काठमाडौं, २५ असोज । गायक थिरज राईले केही समय अघिमात्रै ‘उदासी’ बोलको गीत ल्याएका थिए । अहिले फेरि उनले ‘दासी’ ल्याएका छन् । थिरजको स्वर रहेको ‘दासी बनेर जिउने’ बोल गीत युट्युबमार्फत सार्वजनिक गरेको हो ।
निर्देशक गोविन्द राईले जोन पुलामी मगर र उर्मिला गुरुङको जोडीलाई भिडियोमा रोमान्स गराएका छन् । यसमा सचित राईको शब्द र गणेश चौधरीको संगीत समेटिएको छ । गायक राईले प्रेम र सुन्दरताको विषयवस्तु समेटिएको गजल प्याटर्नको गीत रहेको जानकारी दिए । यो गजल उनको तेस्रो गीति एल्बम ‘निमन्त्रणा’मा समेटिएको थियो । उक्त एल्बम केही वर्षअघि नै बजारमा आएपनि यसको भिडियो बल्ल ल्याउन सकेको उनले सुनाए ।
‘यसअघि दुई पटक सुटिङ गरेपनि विभिन्न कारणले भिडियो सार्वजनिक गर्न सकिएन’, उनले भने, ‘कोरोना महामारीका बेला भिडियो बनाउनु जुरेको रहेछ । दर्शक/श्रोताले मेरा अन्य गीतजस्तै दासीलाई पनि माया गरिदिनुहुन्छ भन्ने विश्वास छ ।’

प्रतिक्रिया