पत्रकार डब्बुको ‘यसपालीको दशैँ’मा सरिता र श्रीदेवको जोडी (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७७, २५ आश्विन

काठमाडौं– नजिकिँदै गरेको दशैँलाई लक्षित गरेर गायिका सरिता भारती र गायक हेम श्रेष्ठको युगल स्वर रहेको ‘यसपालीको दशैँ“’ बोल गीत तथा भिडियो दर्शक÷श्रोतामाझ आएको छ । उक्त गीत काठेभाकामा तयार गरिएको छ ।
यसअघि थुप्रै प्रकारका लोकगीत गाएकी सरिताले काठेभाका पहिलोपटक गाएको बताइन् । लोकहरुमा पनि काठेभाका आफुलाई निकै मनपर्ने उनले बताइन् । गीतमा दोहोरी भाकाका लय संकलन तथा संगीत हेम श्रेष्ठकै रहेको छ । काठेभाकामा आफ्नो फरक परिचय बनाइसकेका हेमको यो गीत निकै मार्मिक बनेको छ । गीतमा गायिका सरिता भारतीसँग हेमको युगल स्वर सुहाएको छ ।
यस गीतलाई पत्रकार डब्बु क्षत्रीले लेखेका हुन् । बिदेशमा रहेर विभिन्न कारणले घर आउन नसकेका नेपाली कामदार र उनीहरुका परिवारको पीडालाई गीतमा समेटिएको गीतकार डब्बु क्षत्रीले बताए । गीतको भिडियोलाई पनि क्षत्रीले नै निर्देशन गरेका हुन् ।
गीतको भिडियोमा गायिका सरिता भारती आफैँ मोडलको रुपमा प्रस्तुत भएकी छन् । साथै भिडियोमा सरितासँग अभिनेता श्रीदेब भट्टराईले अभिनय गरेका छन् । गीतमा आफ्नो आमा, श्रीमती छोरा छाडेर भाईसँग बिदेश गएका नेपाली कामदारले दशैँ“मा आउन नपाउँदा पोखेको पीडा प्रस्तुत गरिएको छ । भिडियोमा चरित्र अभिनेत्री विद्या कार्की, कलाकार नारायण श्रेष्ठ लगायतले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया