पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण
अखबार टुडे
प्रकाशित:
२०७७, २४ आश्विन

काठमाडौं, २४ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत सोमबार स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका भट्टराईलाई सामान्य ज्वरो आएपछि शनिबार पुनः परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ बताइएको छ ।
मन्त्री भट्टराईले अहिलेसम्म हल्का ज्वोरोबाहेक अरु समस्या नदेखिएको जानकारी दिएका छन् । सोमबार रिपोर्ट नेगेटिभ आएपछि विभिन्न कार्यक्रममा सहभागी भएका मन्त्री भट्टराईले सम्पर्कमा आएका सबैलाई सतर्क रहन भनेका छन् । ‘केही दिन यता मसँग सम्पर्कमा आउनुभएका महानुभावलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु’, मन्त्री भट्टराईले फेसबुकमा लेखेका छन्, ‘मेरा कारणले कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छु ।’

प्रतिक्रिया