अञ्जुको ‘दुख्ने मुटु’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, २४ आश्विन

काठमाडौं, २४ असोज । लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । हालै सार्वजनिक ‘दुख्ने मुट’ बोलको उक्त गीतमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको शब्दरचना रहेको छ ।
उक्त भिडियोमा राजदूत डा. सुवेदीसँगै उनकी पत्नी पुनम सुवेदी, अभिनेत्री मिरुना मगर र अभिनेता ध्रुब दत्तको अभिनय रहेको छ । साथै, साथै भिडियोमा सरदराज आरन, सम्झना आरन, तेजेन्द्र रेग्मी, सुधा शर्मा, राजकुमार गिरिको पनि अभिनय रहेको छ । यो भिडियो बेलायतमै छायाँंकन गरिएको हो ।सार्वजनिक गीतमा आलोकश्रीको संगीत रहेको छ । यस भिडियोलाई कुशल श्रेष्ठले निर्देशन गरेको हुन् ।

प्रतिक्रिया