ट्रम्प प्रशासनद्वारा १८ देशबाट आयात हुने ‘एल्युमिनियम’मा कर वृद्धि
अखबार टुडे
प्रकाशित:
२०७७, २३ आश्विन

वासिंगटन, २३ असोज (एजेन्सी) । अमेरिकाले जर्मनी, स्पेन र ब्राजिललगायतका विभिन्न १८ मुलुकबाट आयात गरिने ‘एल्युमिनियम’ ले अमेरिका फोहोर थुपार्ने स्थलका रूपमा प्रयोग भएको आरोप लगाउँदै त्यसमाथि नयाँ कर लगाउने घोषणा ट्रम्प प्रशासनले शुक्रबार गरेको छ ।
अमेरिकी वाणिज्यमन्त्री विल्बर रसले चीन सूचीमा नभएको तर आंशिक रूपमा ‘एल्युमिनियम शीट’ आयातको बाढीका लागि जिम्मेवार भएको र यसले अमेरिकी घरेलु उत्पादकहरूलाई कमजोर बनाउन सक्ने बताए । ‘वास्तवमै के हुँदैछ भने चिनियाँ अधिक क्षमता अन्य बजारमा फ्याँकिएको छ । फलस्वरूप, यहाँ फ्याँकिएका ती सामानले अमेरिकी उत्पादनलाई विस्थापन गरेको’ रसले फक्स बिजÞनेस नेटवर्कमा भनेका छन्, ‘यो धेरै नै जटिल कार्य हो तर बजारीकरणका सञ्जालले अमेरिकामा धेरै अनावश्यक सामानहरू थुप्रिन्छन् र हामीले यसैलाई व्यवस्थित गर्दैछौँ ।’
अमेरिकी पछिल्लो निर्णयले जर्मनी र ब्राजिलबाट आयात हुने एल्युमिनियममा क्रमशः ३६३ प्रतिशत र १३७ प्रतिशत कर वृद्धि हुनेछ । अमेरिकाले गत वर्ष जर्मनीबाट २८ करोड ७० लाख अमेरिकी डलर र ब्राजिलबाट नौ करोड ७० लाख अमेरिकी डलर बराबरको एल्युमिनियम खरिद गरेको थियो । अमेरिकाको यो (प्रारम्भिक) निर्णय भएपनि अमेरिकी बाणिज्य विभागले करवृद्धि तत्कालै कायान्वयनमा आउने बताए ।

प्रतिक्रिया