यी हुन् विश्वकै महँगा अभिनेत्री (हेरौँ यिनको कमाइ कति छ ?)
अखबार टुडे
प्रकाशित:
२०७७, २३ आश्विन

काठमाडौं, २३ असोज । सन् २०२० मा सबैभन्दा महँगा अर्थात धेरै कमाई गर्ने अभिनेत्रीहरुको सूची फोब्र्स पत्रिकाले प्रकाशित गरेको छ । यस बर्षको महँगा अभिनेत्रीको सूचीमा एक नम्बरमा परेकी छन्, कोलम्बियाली मुलकी हलिउड अभिनेत्री सोफिया मार्गरिटा भेरगारा ।
उनी हलिउडकी अहिलेकी विश्व प्रसिद्ध अभिनेत्री हुन् । सोफियाको कार्यक्षेत्र यतिमै सिमित छैन । उनी चर्चित टेलिभिजन कार्यक्रम निर्माता, प्रस्तोता, हाँस्य कलाकार र मोडल पनि हुन् । फोब्र्सको बर्षभरिको सर्वेक्षणमा सोफियाले ४३ मिलियन अमेरिकी डलर कमाएको उल्लेख छ ।
सोफियालाई अमेरिका गट ट्यालेन्ट र अमेरिकन ब्रोडकास्टिङ कम्पनी (एबिसी) टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम मोर्डन फेमिलीजस्ता कार्यक्रमले सफलताको शिखरमा ल्याइपु¥याएको एजेन्सीहरुले बताएका छन् । सोफियाले मोडर्न फेमिली कार्यक्रमका लागि प्रति एपिसोड ५ लाख अमेरिकी डलर पारिश्रमिक लिएकी थिइन् ।
त्यस्तै, फोब्र्सको सूचीमा दोस्रो नम्बरमा एन्जेलिना जोलीको नाम छ । उनले ३५ मिलियन अमेरिकी डलर कमाएकी छन् । सुपरहिट अमेरिकन फिल्म ‘द एटरनल्स’ले एन्जेलिनालाई विश्वकै दोस्रो महँ“गो अर्थात धेरै कमाइ गर्ने अभिनेत्रीका रुपमा स्थापित गराएको हो ।
यस्तै, अभिनेत्री गल गदोतले यो बर्ष ३१ मिलियन डलर कमाइ गरेर फोब्र्स पत्रिकाले जनाएको उनी तेस्रो नम्बरमा आउन सफल भएकी छन् भने चौथो स्थानमा मेलिसा मेकार्थी छिन् । उनले यो बर्ष २५ मिलियन डलर कमाइ गरेको फोब्र्सले जनाएको छ ।

प्रतिक्रिया