युट्युबको नयाँ सुविधा
अखबार टुडे
प्रकाशित:
२०७७, २१ आश्विन

वासिंगटन, २१ असोज (एजेन्सी) । भिडियो सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ । एक्सडीए–डेभलपर्सका अनुसार परीक्षणका रुपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।
केही छानिएका गूगल प्रयोगकर्ताले यी सुविधाहरु परीक्षण गरिसकेको दी भर्जले जनाएको छ । प्रिमियम ग्राहकले युट्युब प्रयोग गर्दा भिडियो, आवाजमार्फत खोजी र अन्य भाषासम्बन्धी फिल्टरहरु प्रयोग गर्न पाउने छन् ।
प्रिमियम सेवा लिन ग्राहकले प्रति महिना करिब १२ अमेरिकी डलर तिर्नु पर्नेछ । ग्राहकले विज्ञापनरहित, पृष्ठभूमिका अन्य सामग्री हटाएर पनि भिडियो हेर्न सक्नेछन् भने युट्युब म्युजिक च्यानलमा समेत अलग पहुँचको सुविधा लिन सक्ने जनाइएको छ ।

प्रतिक्रिया