प्रदेश-१ : आइतबार १७९ संक्रमित थपिए
अखबार टुडे
प्रकाशित:
२०७७, १८ आश्विन

विराटनगर, १८ असोज । आइतबार प्रदेश १ मा १७९ जना कोरोना संक्रमित थपिएका छन् भने सोही अवधिमा सबैभन्दा बढी ३६३ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन् । आइतबार थपिएकामा ६८ महिला र १११ पुरुष छन् ।
नयाँ संक्रमित मोरङमा ८७ मध्ये विराटनगरमा ६९, सुनसरीमा ६४, झापामा १८, खोटाङमा पाँच, उदयपुरमा एक र प्रदेश बाहिर चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा संक्रमितको संख्या सात हजार ६११ पुगेको छ भने अहिलेसम्ममा चार हजार ८८ जना निको भएर घर फर्किएका छन् । सोही अवधिमा ६६६ जनासहित अहिलेसम्ममा एक लाख २७ हजार ५५६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया