अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई नै कोरोना संक्रमण
अखबार टुडे
प्रकाशित:
२०७७, १६ आश्विन

वासिंगटन, १६ असोज (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुवैलाई कोरोनाभाइरस संक्रमण भएको छ । ट्रम्पले बिहीबार ट्वीट गर्दै भनेका छन्, ‘म र प्रथम महिला दुबै कोभिड–१९ बाट संक्रमित भएका छौँ । हामी दुबै क्वारेन्टिनमा छौँ ।’
यसअघि राष्ट्रपति ट्रम्पले आफ्ना वरिष्ठ सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण देखिएको बताएका थिए । हिक्सलाई कोरोना पोजेटिभ भएसँगै राष्ट्रपति ट्रम्प र मेलानीया दुबैले कोरोना परीक्षण गराएका थिए । स्मरणीय के भने अहिलेसम्म ट्रम्पले कोरोना भाइरसलाई गम्भीर रुपमा नलिएको अन्तर्राष्ट्रिय एजेन्सीहरुले बताएका छन् । उनले सुरुदेखि नै कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दै आएका छन् ।

प्रतिक्रिया