काठमाडौं, १४ असोज । नेपालमा बुधबार फेरि संक्रमित बढेका छन् । बुधबार पछिल्लो २४ घण्टामा एक हजार ५५९ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार कोभिड–१९ मुक्त भई एक हजार ५७ जना घर फर्किएका छन् ।
हालसम्म देशभरि जम्मा उपचाररत संक्रमितहरुको संख्या २० हजार ८९१ छ । संस्थागत आइसोलेसनमा रहेका व्यक्तिको संख्या १० हजार ८७ छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ३५६, प्रदेश २ मा ६१६, बाग्मती प्रदेशमा सात हजार ६३, गण्डकी प्रदेशमा ४८१, प्रदेश ५ मा ८७७, कर्णाली प्रदेशमा ३३५ र सुदूरपश्चिम प्रदेशमा ३५९ जना छन् । प्रवक्ता गौतमले होमआइसालेशनमा रहेका व्यक्तिको संख्या प्रदेश १ मा एक हजार ५०५, प्रदेश २ मा ५७७, बाग्मती प्रदेशमा छ हजार ५५५, गण्डकी प्रदेशमा ४८९, प्रदेश ५ मा एक हजार २६५, कर्णाली प्रदेशमा २६५, सुदूरपश्चिम प्रदेशमा १४८ जना गरी जम्मा १० हजार ८०४ जना रहेको बताए ।
विगत २४ घण्टामा गरिएको पिसीआर परीक्षण १२ हजार २०५ मा गरिएको छ । त्योसँगै हालसम्म १० लाख २१ हजार ५०३ परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको सख्ंया पाँच हजार ४२८ छ । प्रदेश अनसार प्रदेश १ मा ५५६, प्रदेश २ मा १५७, बाग्मती प्रदेशमा ५००, गण्डकी प्रदेशमा ६४१, प्रदेश ५ मा एक हजार १९७, कर्णाली प्रदेशमा ६८९ र सुदूरपश्चिम प्रदेशमा एक हजार ६८८ जना छन् ।
संक्रमण मुक्त भई हालसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ जना रहेको छ । प्रदेश १ बाट पाँच हजार ९४, प्रदेश २ बाट १३ हजार ७३९, बाग्मती प्रदेशबाट १५ हजार ७०५, गण्डकी प्रदेशबाट तीन हजार ३४८, प्रदेश ५ बाट आठ हजार ७५९, कर्णाली प्रदेशबाट दुई हजार ९१५, सुदूरपश्चिम प्रदेशबाट छ हजार ८६८ जना रहेका छन् ।
कोभिड–१९ बाट मुक्त हुनेको संख्या ७२.५ प्रतिशत छ । देशैभरि आइसियुमा उपचाररत बिरामीको संख्या २०१ जना रहेका छन् । भेन्टिलेटरमा उपचारत संख्या जम्मा ३० रहेको छ । कोभिड–१९ बाट सातजनाको मृत्यु भएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।
पाँच सयभन्दा बढी संक्रमित रहेको जिल्लाहरुमा मोरङ, सिरहा, सुनसरी, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही गरी आठ जिल्ला छन् । कोभिड–१९ शून्य भएका जिल्लाहरुमा मनाङ, मुस्ताङ, डोल्पा, मुगु रहेका छन् । विश्वमा हालसम्मको तथ्यांक हेर्दा तीन करोड ३८ लाख ५२ हजार ४८ जना व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । त्यसमा निको हुनेको सङ्ख्या दुई करोड ५१ लाख ५७ हजार ६६० रहेको छ ।