कोरोनाविरुद्ध खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग
अखबार टुडे
प्रकाशित:
२०७७, १३ आश्विन

न्युयोर्क, १३ असोज (एजेन्सी) । संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोनाभाइरस विरुद्धको खोपका लागि सहयोगको आह्वान गरेकी छन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धमा खोप विकास गरी उपचार गराउन ३५ अर्ब अमेरिकी डलरको आवश्यकता परेको उनले बताएकी छन् ।
‘विश्व नै अहिले आपतकालिन अवस्थामा छ, त्यसको निवारणका लागि खोपको आवश्यकता पर्दछ, त्यसको विकास, उत्पादन र विक्रि वितरणका लागि ठूलो धनराशी चाहिने भएको छ’ उनले भने । राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वव्यापी यो महामारी अत्यका लागि सवैले सहयोग गर्नु पर्नेमा जोड दिइन् ।
विश्वलाई पुनः पहिलेकै अवस्थामा फर्काउनका लागि आ–आफ्नो ठाउँबाट सवैले योगदान गर्नुपर्ने तथा स्वास्थ्य, बौद्धिक, अध्ययन अनुसन्धानका क्षेत्रबाट र नीति क्षेत्रबाट पनि प्रयासहरु भइरहेको उहाँले जानकारी दिए । न्युन तथा मध्यम आर्थिक अवस्था भएका देशहरुलाई सहयोगको थप आवश्यकता भएको तर्फ उनले विश्वको ध्यान जानुपर्ने बताएकी छन् ।

प्रतिक्रिया