नेपाल खबर

नेपाली सेनामा भर्ना खुल्यो

काठमाडौं, १३ असोज । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले कोरोनाभाइरसका कारण रोकिएको भर्ना प्रक्रिया पुनः सुचारु गरिएको जनाएको छ ।
निर्देशनालयले गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते स्थगित गर्ने निर्णय गरेकोमा मंगलबार एक सूचना प्रकाशित गरेर पुनः सुचारु गरिएको जानकारी दिएको हो ।
यस्तै भर्ना छनौटसम्बन्धी विस्तृत जानकारी सेनाको वेबसाइटका साथै सेनाकै मोबाइल एप्स ‘नेपाली आर्मी’ मा हेर्न सकिने छ । यस्तै लोकसेवा आयोगको वेबसाइटमा समेत हेर्न सकिनेछ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top