नेपाल अपडेट : कोरोना जित्नेको संख्या ५४ हजार ६४० पुगे
अखबार टुडे
प्रकाशित:
२०७७, १२ आश्विन

काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा मुलुकभर थप एक हजार ३५१ जनामा कोरोना संक्र्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना निको भई ७४२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कोरोना निको भइ डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले सोमबार जानकारी दिए । देशभरका स्वास्थ्य प्रयोगशालामा सोमबार १० हजार ८० पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ । यसैगरी संस्थागत आइसोलेशनमा आठ हजार ६९५ जना र होम आइसोलेसनमा दश हजार ९२९ जना तथा विभिन्न क्यारेन्टिन छ हजार ३१० जना रहनुभएको छ । मुलुकभरका अस्पतालहरुमा हाल कोरोना संक्रमितमध्ये २२५ जनाको आइसियुमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया