अश्मिताको ‘कुन सुरुवात’
अखबार टुडे
प्रकाशित:
२०७७, १२ आश्विन

काठमाडौं, १२ असोज । नेपाली सांगीतिक क्षेत्रमा सम्भावना बोकेकी गायिका हुन् अश्मिता परियार । पछिल्लो समय नेपाली सांगीतिक आकाशमा थुप्रै गायक÷गायिकाहरुको आगमन भइरहेका बेला गायिका अश्मिताले यो क्षेत्रमा पाइला राखेकी हुन् ।
आधा दशकभन्दा लामो समय संगीतमा लगाव राख्दै आएकी अश्मिता ललित कला नेपाल एकेडेमीमा संगीतको अध्यापन गर्दै आएकी छन् । यिनै नवगायिका अश्मिताको नयाँ गीत सार्वजनिक भएको छ । ‘कुन सुरुवात’ बोलको गीतबाट नेपाली सांगीतिक आकाशमा यात्रा तय गरेकी उनी आशावादी छिन् ।
सांगीतिक करिअरमा आफ्नो पहिलो कोशिस भएको उनको भनाइ छ । ‘कुन सुरुवात’ रेकर्डपश्चात सबैबाट राम्रो प्रतिक्रिया आइरहेको उनले बताइन् । शनिबार सार्वजनिक भएको गीतमा शब्द प्रतिमा श्रेष्ठको रहेको छ भने अनिल शाहीको संगीत रहेको छ । उक्त गीतको भिडियोलाई शान थापाले र्निदेशन गरेका हुन् ।

प्रतिक्रिया