महानगरमा फुटपाथ पसल निषेध !
अखबार टुडे
प्रकाशित:
२०७७, ११ आश्विन

ललितपुर, ११ असोज । पुल्चोक, कुपण्डोल, जावलाखेल र कुमारीपाटीमा फुटपाथ पसल राख्न निषेध गरिएको छ । ललितपुर महानगरपालिकाले सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यसहित उक्त कार्य अघि बढाएको जनाएको हो ।
कुमारीपाटीको महायान पेट्रोल पम्पको फुटपाथमा व्यापार व्यवसाय गर्न र सवारीसाधन पार्क गर्न आइबतारदेखि निषेध गरिएको नगर प्रहरी प्रमुख सीताराम हाँछेथुले बताए । उनले भने, ‘हामीले फुटपाथमा तरकारी व्यवसाय, निर्माण सामग्री थुपार्न, सवारी साधन पार्क र वर्कसपको काम गर्नसमेत रोक लगाएका छौँ ।’ महानगरपालिकाका विभिन्न स्थानलाई चरणबद्ध रुपमा व्यवस्थीत बनाउँदै लगिने योजनानुरुप सो कार्य अघि बढाइएको हाँ“छेथुको भनाइ छ ।
फुटपाथ पैदल यात्रुलाई मध्यनजर गरेर छुट्याइएको ठाउँ भएकाले उनीहरुको सहजतामा उक्त निर्णय गरिएको उनले उल्लेख गरे । यस्तै, ललितपुरको जावलाखेलमा एकैसाथ चिल्ड्रेन, मिडल, पिस र गणेशमान नामक चार उद्यान निर्माण गरिरहेको छ ।

प्रतिक्रिया