‘देउमाइको किनारमा’का निर्देशक शेर्माको निधन
अखबार टुडे
प्रकाशित:
२०७७, ११ आश्विन

काठमाडौं, ११ असोज । शहीद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’का लेखक तथा निर्देशक प्रेम शेर्मा (माङ्जाबुङ्गे)को निधन भएको छ । लामो समयदेखि मिर्गौला र कलेजोको समस्याबाट पीडित शेर्माको आइतबार आफ्नै निवासमा निधन भएको हो ।
५५ वर्षीय शेर्मा मोरङको उर्लावारीस्थित आइतबारेमा परिवारसहित बस्दैआएका थिए । उनको श्रीमती, दुई छोरी र एक छोरा छन् । उनी फिल्मी क्षेत्रसँगै साहित्य र सांस्कृतिक आन्दोलनमा सक्रिय रहँदै आएका थिए । शेर्माको असमायिक निधनप्रति चलचित्रकर्मी, साहित्यक, सामाजिक क्षेत्र तथा विभिन्न पेशाकर्मीले समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया