आजदेखि मौसम सफा रहने
अखबार टुडे
प्रकाशित:
२०७७, १० आश्विन

काठमाडौं, १० असोज । केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज शनिबारदेखि सफा हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले बुलेटिन निकालेर भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र उत्तरपूर्व सर्ने क्रममा रहेकाले आज बेलुकादेखि मौसम सफा हुँदै जाने जनाएको हो । हाल देशको कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
शनिबार राति प्रदेश नं १, प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा तथा प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ८ र अधिकतम तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया