‘सँगै मरौँला’ भन्दै नविन र अनु शाह (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७७, ९ आश्विन

काठमाडौं, ९ असोज । नेपाल आइडलको पहिलो सिजनबाट चर्चामा आएका गायक निशान भट्टराईको नयाँ गीत ‘सँगै मरौला’ सार्वजनिक भएको छ ।
सन्तोषजंग थापाको रचना र नविन कार्कीको संगीत रहेको गीतको भिडियोमा छिल्लो समय युवामाझ लोकप्रिय मोडल नविन बुढाथोकी र नायिका अनु शाहको अभिनय रहेको छ ।
रामकृष्ण चौलागाइँले खिचेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । आशिक राईको निर्देशनमा भिडियो बनेको हो ।

प्रतिक्रिया