प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी
अखबार टुडे
प्रकाशित:
२०७७, ९ आश्विन

काठमाडौं, ९ असोज । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ पत्रकार गोपाल बुढाथोकीलाई दिइएको छ । प्रेस काउन्सिलका जेष्ठ सदस्यका आधारमा उनलाई काउन्सिलको शुक्रबारको बोर्ड बैठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।
यसअघि कार्यवहाक अध्यक्ष रहेका किशोर श्रेष्ठले राजिनामा दिएपछि बुढाथोकीले सो जिम्मेवारी पाएका हुन् । साँघु साप्ताहिकका प्रकाशक/सम्पादक रहेका बुढाथोकी करिब चार दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

प्रतिक्रिया