चीनलाई भारतको चेतावनी, ‘पिएलए सैनिक अघि बढे भारतले गोली चलाउनेछ’
अखबार टुडे
प्रकाशित:
२०७७, ९ आश्विन

काठमाडौं, ९ असोज (एजेन्सी) । पछिल्लो समय चीन र भारतबीच सीमा विवाद चर्कँदै गएको छ । यसैबला भारतले चीनलाई पिएलए सैनिक अघि बढाए भारतीय सैनिकले गोली चलाउने सक्ने चेतावनी दिएको छ । भारतीय पत्रिका ‘द हिन्दू’ले आफ्नो एक रिपोर्टमा भारतीय शीर्ष अधिकारीहलाई उदृत गर्दै सो कुरा उल्लेख गरेको छ ।
अधिकारीले भनेका छन्, ‘अब हामीले चीनलाई भनिदिएका छौँ कि यदि तपाइँहरु हाम्रो नजिक आउनुहुन्छ भने हामी गोली चलाउनेछौँ । सैनिकलाई पनि आत्मरक्षामा गोली चलाउने अधिकार दिइएको छ ।’ पछिल्ला दिनमा पूर्वी लद्दाख त्यो ताल नजिकै भारतीय र चिनियाँ सैनिकबीच पटक पटक हवाई फायरिङ समेत भएको छ ।
भारत र चीनबीच भएको छैटौँ चरणको वार्तामा दुवै देश सीमामा थप सैनिक नपठाउने विषयमा सहमत भएका छन् । भारतीय अधिकारीले भारतले सीमामा आफ्नो बलियो उपस्थिति स्थापित गर्ने बताएको छ । भारतले भनेको छ, ‘हाम्रो धारणा स्पष्ट छ, चीन पहिला आएको थियो त्यसैले चीन नै पहिले हट्नुपर्छ ।’

भारत र चीनका सैनिकबीच गत जूनमा गलवान घाटीमा झडप भएको थियो, जसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनले आफ्नो हताहट भएका सैनिकको संख्या जारी गरेको छैन ।

प्रतिक्रिया