एसिड आक्रमण गर्नेलाई कडा बारबाही गर्न अध्यादेशमार्फत कानुन ल्याँइदै
अखबार टुडे
प्रकाशित:
२०७७, ९ आश्विन

काठमाडौं, ९ असोज । सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने भएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले एसिड आक्रमणसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेकोहो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानुन बनाइने बताएका थिए । त्यसका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न कानूनमन्त्री र सम्बद्ध निकायलाई उनले निर्देशन दिएका थिए ।
एक मन्त्रीका अनुसार त्यसरी बन्ने नयाँ कानुनमा एसिड आक्रमण गर्ने अपराधीको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने व्यवस्था गर्न लागिएको छ ।

पछिल्लो समय एसिड आक्रमणका घटना बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो । यसअघि एसिड आक्रमण गर्ने अपराधीलाई कस्तो कारबाही गर्ने भन्ने निश्चित मापदण्ड नहुँदा अपराधी उम्किने गरेका थिए ।

प्रतिक्रिया