अफगानिस्तानको शान्ति प्रक्रियामा सघाउन विश्व समुदायसँग घानीको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७७, ८ आश्विन

न्युयोर्क, ८ असोज (एजेन्सी) । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले हाल अफगानिस्तानले शान्ति वार्ता थालेको भन्दै यसका लागि सहयोग पु¥याउन विश्व समुदायलाई आग्रह गरेका छन् । राष्ट्रपति असरफ घानीले संयुक्त राष्ट्रसंघको ७५औँ महासभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
अफगानिस्तानमा शान्तिका लागि एकता र प्रजातन्त्रका लागि सहयोग पु¥याउन उनले सो आग्रह गरेको हो । राष्ट्रपति असरफ घानीले अफगानिस्तानले विगत करिब ४० वर्षदेखि शान्ति र प्रजातन्त्रका लागि पनि ठूलो संघर्ष गरेको र यहाँका जनताले पनि धेरै दुख पाएका बताए ।
राष्ट्रपति असरफ घानीले भने, ‘हामी अफगानिस्तानका नागरिकले आतंकवादीहरुबाट धेरै दुख पाएका छौँ र यो आतंकवादबाट हामीलाई मुक्त गरिदिन विश्व समुदायले अहिले प्रमुख भूमिका खेल्नुपर्छ ।’
हाल अफगानिस्तानको सरकार र त्यहाँ हिंसा गरिरहेका तालीबानीहरुका बीचमा कतारको राजधानी दोहामा शान्ति वार्ता भइरहेको छ । राष्ट्रपति असरफ घानीले वार्ता गरेर मात्र हुदैन र त्यसलाई सफल बनाउनका लागि पनि हामीलाई विश्वको सबै समुदायको सहयोग चाहिएको बताएका छन् ।

प्रतिक्रिया