तीन दिनयता लगातार सुनको मूल्यमा गिरावट
अखबार टुडे
प्रकाशित:
२०७७, ८ आश्विन

काठमाडौं, ८ असोज । पछिल्ला केही दिनयता नेपाली बजारमा सनको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको हो । सोमबार प्रतितोला रु ९७ हजार २०० मा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार प्रतितोला रु एक हजार ७००, बुधबार रु एक हजार २०० र बिहीबार प्रतितोला रु एक हजार २०० ले घटेको छ ।
महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८०० कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला रु ७० ले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १२० तोकिएको छ ।

प्रतिक्रिया