देवी घर्तिको यसपालीको दशैँ गीत
अखबार टुडे
प्रकाशित:
२०७७, ७ आश्विन

काठमाडौं, ७ असोज । नेपालीको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामनासहित गीत संगीतहरु बजारमा आइरहेका छन् । यसैक्रममा गायिका देवी घर्ति र मदन ढकालको स्वरमा ‘मेरी आमा’ बोल गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
आमा र छोरीविचको प्रेम प्रसंगलाई गीतमा समेटिएको छ । आफुलाई जन्मदिने आमाले गरेको त्याग र समपर्णलाई गीतमा देखाइएको छ । गीतमा मदन ढकालको शब्द तथा लय सिर्जना रहेको छ । गरिबीपनको कारणले आफ्नो सन्तानलाई सुख दिन नसक्दा आमाले आत्महत्या गर्न विवश आमाको मायालाई गीतमा देखाइएको छ ।
विरेन्द्र भट्टको छायाँकन, विकाश ज्ञवालीको सम्पादन तथा मदन ढकालको निर्देशन भिडियोमा रहेको छ । ‘मेरी आमा’ गीतको भिडियोमा अभिनेत्री तथा मोडल रञ्जिता गुरुङ, रमा थपलिया, खेम बत्याल, रविना भण्डारी, केदारनाथ कपरी, रविना आचार्य साथै बालकलाकारहरु प्रिन्सा खड्का, ब्लोसम ढकाल र सायरा धितालको अभिनय रहेको छ ।

प्रतिक्रिया