दशैँमै ‘लक्ष्मीपुजा’
प्रकाशित:
२०७७, ५ आश्विन
काठमाडौं, ५ असोज । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको फिल्म ‘लक्ष्मीपूजा’ यही दशैँमा रिलिज हुने भएको छ । फिल्मको यतिबेला उपत्यकाका विभिन्न स्थानमा छायाँकन भइरहेको छ ।
समिर मियाँले निर्देशन गरिरहेको फिल्ममा शोभित बस्नेत निर्माता छन् । फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।
निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । उनले पारिवारिक प्रेमकथा रहने फिल्ममा दशैं र तिहारको परिवेश देखाइनेछ । फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार