जीवनशैली

‘तिम्रो छेउमा…’ भन्दै सिर्जना र मण्डलको रोमान्स (भिडियो)

काठमाडौं, ४ असोज । गायक सुरेन्द्र राई पछिल्लो समय गीतसंगीत क्षेत्रमा आफूलाई समर्पित गर्दैै आएका छन् । यिनै गायक राईको ‘एकान्तमा’ नामक एल्बममा समावेश ‘तिम्रो छेउमा बस्दा’ गीतको भिडियो सार्वजनिक भएको छ ।
लकडाउन खुकुलो भएसँगै सामाजिक दुरी कायम गरेर निर्माण गरिएको भनिएको गीतमा सुरेन्द्र राई र शिला राईको स्वर रहेको छ । उक्त म्युजिक भिडियोलाई राम शोभा राई निर्माण गरेकी हुन् छन् ।
भिडियोमा मण्डल थेबे र सिर्जना निङलेखुले अभिनय गरेका छन् । हाल बेलायतमा बस्दै आएकी सिर्जना र मण्डलको भिडियोमा अनस्क्रिन रोमान्स देख्न सकिन्छ । गीतमा सुरेन्द्र राईकै शब्द रहेको छ भने रुद्र श्रेष्ठले संगीत दिएका छन् । मनोज मोथेले एरेन्ज गरेको गीतको भिडियोमा मितेश गुरुङको छायाँकन रहेको छ भने सुल्तान इदिङ्गोले निर्देशन हुन् ।

Click to comment
To Top